काठमाडौंं उपत्यकामा मंगलबार थप चार सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमण भएकामा काठमाडौं जिल्लाका तीन सय ९३ जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर एक हजार ६९ जनामा संक्रमण पुष्टि भएको थियो ।