कोरोना मिटर : संक्रमितकाे संख्या ४० हजार नाघ्यो, आज थप एक हजार ६९ जनामा संक्रमण पुष्टि

मंगलबार, १६ भदौ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १२ हजार ८८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको थपसमेत हालसम्म संक्रमित हुनेको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।

विगत २४ घन्टामा सात सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ ।

संक्रमित निको हुने दर ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोमबार संक्रमणमुक्त हुने दर ५४ प्रतिशत थियो । 

हाल सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ छ ।

त्यसमध्ये १० हजार आठ सय ३२ जना संस्थागत र सात हजार दुई सय ८० जना होम आइसोलेनमा बसेको गौतमले जानकारी दिए । 

संक्रमितमध्ये आइसियूमा एक सय २७ जना र भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लाहरु 
काेराेना संक्रमण बढ्दै जाँदा पाँच सयभन्दा बढी संक्रमित भएकाे जिल्ला एक दर्जन पुगेकाे छ । 

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छ । 

त्यसमध्ये चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । 

शुन्य संक्रमित जिल्लाहरु 
त्यसैगरी सक्रिय संक्रमित नभएकाे जिल्ला पाँच वटा छन्र ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमित शुन्य भएकाे गाैतमले बताए । 

सुझावित समाचार