काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आइतबार ठुलो गिरावट आएको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला आठ हजार तीन सय रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा झरेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँ कायम भएको थियो।
आइतबारको भारी गिरावटपछि सोमबार सुनचाँदी दुवैको मूल्यमा सुधार देखिएको हो।