हिमालयन लघुवित्तको लाभांश घोषणा

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ हिमालयन लघुवित्तले गत आर्थिक वर्ष ०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँको पाँच प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषणा गरिएको लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ ।

सुझावित समाचार