काठमाडौं/ हिमाली हाइड्रो फन्ड लिमिटेडले सर्वसाधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौतामा हिमाली हाइड्रोका तर्फबाट प्रबन्ध सञ्चालक सोमनाथ कँडेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर अर्थात् कुल १४ करोड रुपैयाँबराबरको आइपिओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ । उक्त सेयर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजनामा कार्यरत कर्मचारी तथा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया, सेयर निष्कासन, बाँडफाँट तथा बिक्री व्यवस्थापनसम्बन्धी कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।