काठमाडौं/ करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत कात्तिकको पहिलो पाक्षिकका विजेता घोषणा गरिएको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच १ देखि १५ गतेसम्म सय रुपैयाँभन्दा बढी वस्तु तथा सेवा खरिद गरेकामध्ये १६ जना विजेता घोषणा गरिएको हो । १६ मध्ये १५ जनाले जनही एक लाख रुपैयाँ र एकजनाले बम्परमा १० लाख रुपैयाँ जितेका हुन् ।
बम्पर पुरस्कार जित्ने भाग्यमानी गौरीशंकर पण्डित बनेका छन् । उनले बिगमार्टबाट जम्मा ४१५ रुपैयाँको सामान खरिद गरेका थिए ।
पण्डितलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । सरकारले करदातालाई प्रोत्साहन गर्न चालू आवदेखि यो कार्यक्रम सुरु गरेको हो ।