बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

काभ्रे- बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा पहिरो र खहरे खोलाको लेदो सडकमा खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा सडकमाथिबाट खहरे खोलाको ढुङ्गा, माटोसहितको लेदो सडकमा आएर थुप्रिएको र रोशी गाउँपालिका–८ को गिम्दीबेसीमा पहिरो झरिरहेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

उक्त दुवै स्थानमा सडक अवरुद्ध हुँदा बिपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध रहेकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित निकायबाट जानकारी नआएसम्म अवरुद्ध क्षेत्रमा यात्रा गर्नुअघि अवस्था बुझ्न प्रहरीले आग्रह गरेका छन् ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्व जादै गरेको सवारीसाधन धुलिखेल, काभ्रेभञ्याङ र भकुण्डेमा होल्ड गतिएको छ ।

सुझावित समाचार