जेन–जी अगुवा किरण विकद्वारा नयाँ पत्रिकाकर्मी पक्राउ प्रयासको विरोध

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। जेन–जी आन्दोलनका अगुवा किरण विकले नयाँ पत्रिकाकर्मी नवराज मैनालीलाई पक्राउ गर्ने सरकारी प्रयासको विरोध गरेका छन् । 

पत्रिकाको कार्यालयमा उपस्थित भएर प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध ऐक्यबद्धता जनाउँदै विकले सरकारी प्रयासको विरोध गरेका हुन् ।

‘समाचार लेखेकै भरमा सञ्चारगृहमा फौज उतार्नु, पत्रकार पक्राउ गर्न खोज्नु आपत्तिजनक विषय  हो, मैले यसलाई प्रहरीसिर्जित आतंककै रूपमा लिएको छु,’ उनले भने ।

नयाँ पत्रिकाजस्तो राज्य र जनताको पक्षमा निरन्तर खबरदारी गरिरहेको मिडियालाई घण्टाैँसम्म धरपकड गर्नु सही कदम नभएको विकको भनाइ थियो । उनले सम्पादक खगेन्द्र पन्तलाई मिडियाकर्मीको पक्षमा आफू रहेको र प्रहरी धरपकडको विरोधमा रहेको बताए ।  विक जेन–जी आन्दोलनमा अगुवाइ गर्नेमध्येका एक युवा हुन् ।

सुझावित समाचार