उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

उदयपुर/  सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोले उदयपुरबाट ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्युरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब  उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो।

     सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको थियो।

बरामद गरिएको गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 
 

सुझावित समाचार