सशस्त्र प्रहरीका सात कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा पूर्वस्वीकृतिविना कार्यस्थलमा अनुपस्थित रहेका सातजना कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विभागको कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो।

कार्यालयले सम्बन्धित कर्मचारीलाई गैरहाजिर रहनुको उचित कारणसहित उपस्थित भई स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको छ।

तोकिएको समयभित्र कार्यालयमा उपस्थित नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) अनुसार आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११८ को उपनियम (१) बमोजिम उक्त सूचना प्रकाशित गरिएको हो।

null

सुझावित समाचार