रामेछापमा दुई मोटरसाइकल ठोक्किँदा दुवै चालक घाइते

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

रामेछाप । रामेछाप नगरपालिका– ७, भालुखोपमा बुधबार दिउँसो दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन्।

भालुखोपको भित्री सडकबाट रामेछापतर्फ जाँदै गरेको बा.४०प ७०७४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०२–००३ प ७३६२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन्।

घाइते हुनेमा रामेछाप नगरपालिका– ७ का २० वर्षीय ज्ञानेन्द्र श्रेष्ठ र सोही स्थानका २८ वर्षीय दविन्द्र तामाङ रहेका छन्।

दुर्घटनामा परी घाइते भएका दुवैलाई स्थानीय र प्रहरीको टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रामेछापमा भर्ना गरिएको प्रहरी चौकी रामेछापडाँडाका प्रहरी सहायक निरीक्षक सुजित पासवानले जानकारी दिए।

सुझावित समाचार