अमेरिकाबाट कुरियरमार्फत आएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं ।  अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कात्तिक १० गते ‘कन्ट्रोल डेलिभरी’ विधिमार्फत गाँजा बरामद गरेको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह  र ३३ वर्षीय वन्दित पटेल  रहेका छन्। प्रहरीका अनुसार घटनामा गाँजासहित दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले जनाएको छ।

सुझावित समाचार