चितवनको राप्ती नगरपालिका–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब २ः५० बजेको समयमा कालिटारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भण्डारा अस्पताल पठाएको थियो।
दुर्घटनामा घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
जिप चालक राप्ती–१३ बस्ने २६ वर्षीय रोशन प्रजालाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।