मोटरबोट दुर्घटना अपडेटः तीनको मृत्यु, चार बेपत्ता, नौजना सकुशल

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

उयदपुर- सप्तकोशी नदीमा दुर्घटना भएको मोटरबोटमा १६ जना रहेको खुलेको छ। जसमध्ये नौजना सकुशल रहेको प्रहरीले जनाएको छ ।  

आइतबार दिउँसो भोजपुरबाट बराहक्षेत्र तर्फ आउने क्रममा मोटरबोट एक्कासि इन्जिन बन्द भएपछि भोजपुर, उदयपुर धनकुटाको सिमानाको संगमस्थल त्रिवेणीमा दुर्घटना भएको थियो । 

दुर्घटनामा तीनजनाको मृत्यु भएको र चार जना बेपत्ता रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। नौजना भने दुर्घटनापछि सकुशल नदीबाट बाहिर निस्किएका छन्। 

बेपत्ताको खोजीमा गोताखोरसहितको टोली खटिएको छ। 

मृतक

१. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने   ५२ वर्षीया लिला राई । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

२. नाम, थर, वतन नखुलेकी बालिका, अन्दाजी ६/७ वर्ष की । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

३. नाम, थर, वतन नखुलेका पुरुष, अन्दाजी ४०/५० वर्षको । (चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु)

उद्धार भएका तथा सकुशल रहेका

१. पानीबोट चालक जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने   २४ वर्षीय सुमन मगर ।

२. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने   ४५ वर्षीय बिष्णु सुनार ।

३. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने  ४२ वर्षीय तिर्था रसाईली सुनार ।

४. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने  २५ वर्षीया पूजा तिरुवा ।

५. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने  २२ वर्षीय प्रज्वल तिरुवा ।

६. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने   २६ वर्षीय देबेन्द्र राई ।

७. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने   २३ वर्षीय रञ्जित राई ।

८. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने  २९ वर्षीया निता मगर ।

९. जिल्ला भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने  ३१ वर्षीय मोहन सुनार ।

बेपत्ता

१. जिल्ला झापा, कन्काई नगरपालिका-४ बस्ने   ७ वर्षीय शिवक मगर। (निता मगरका छोरा)

२. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने   २१ वर्षीया प्रमिला मगर ।

३. जिल्ला सुन्सरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने  २२ वर्षीया मनु राई ।

 

सुझावित समाचार