मनहरीबाट नौ सय क्याप्सुल ट्रामाडोलसहित युवक पक्राउ

बुधबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका– ९, रजैयाबाट प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका– ७ बस्ने अन्दाजी २५ वर्षीय विजय चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कात्तिक ३ गते साँझ ६:४५ बजेतिर पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा चौधरी पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उनले चलाएको मोटरसाइकल रोकेर जाँच गरेको थियो । त्यसक्रममा चौधरीको साथमा रहेको झोलाबाट नौ सय क्याप्सुल ट्रामाडोल र ४२ एम्पुल डाइजेपाम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुझावित समाचार