मिनीट्रकको ठक्करबाट आठजना घाइते

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

सुनसरी । सुनसरीमा मिनीट्रकले सिटी सफारीलाई ठक्कर दिंँदा आठजना घाइते भएका छन्। शनिबार दिउँसो साढे चार बजेको समयमा बराहक्षेत्र नगरपालिका– ३, कुपीखोलास्थित भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८११२ नम्बरको मिनीट्रकले ठक्कर दिएको हो। चारजना घाइतेहरूको नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेकोमा चारजनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय सुनसरीले  जनाएको छ ।  

दुर्घटनामा घाइते भएका बराहक्षेत्रनिवासी सिरिया परियार, सन्धा परियार, सृष्टि परियार र अम्बिका कार्कीलाई धेरै चोट लागेपछि विराटनगर रिफर गरिएको हो।  

सामान्य घाइतेहरूमा इटहरी– ३ का लोकेन्द्र अधिकारी, बराहक्षेत्र– ५ का रूपेश कार्की, रुबिना कार्की र सुनिता परियार छन् ।  
 प्रहरीले मिनीट्रकचालक भारतको सदापुर जिल्ला काठबजार बस्ने ३२ वर्षीय इस्पाल सिंहलाई पक्राउ गरेको छ। 

सुझावित समाचार