विराटनगर/ मोरङ कारागारभित्र लागुऔषध पुर्याउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।
बिहीबार दिउँसो करिब साढे १२ बजेतिर विराटनगर महानगरपालिका–८, हाटखोलास्थित जिल्ला कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूले भित्रीवस्त्रको प्याडभित्र लुकाएर ल्याएको लागुऔषध सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो।
टोलीले जाँच गर्ने क्रममा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट बरामद गरेको सशस्त्र प्रहरी कंकालिनी गण मोरङले जनाएको छ।