काठमाडौं/सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
चुक्तापुँजीको १० प्रतिशत अर्थात् एक अर्ब ४७ करोड ९४ लाख ४७ हजारबराबरको नगद लाभांश (कर प्रयोजनसहित) तथा तथा सोही रकमबराबरको बोनस सेयर वितरण प्रस्ताव पारित गरिएको हो ।
साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ करसहित ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार रुपैयाँ अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आषाढ मसान्तसम्मका लागि समानुपातिक रूपमा वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
त्यसैगरी, सभाले गत आव ०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, स्वपुँजीमा भएको परिवर्तनको विवरण अनुमोदन भएको छ ।