डिजिटल बैंकिङ विस्तार गर्न एनएमबि बैंक र र्‍यापिड टेकबिच सम्झौता

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ डिजिटल बैंकिङ सेवा विस्तार गर्न एमएमबि बैंक लिमिटेड र र्यापिड टेकबिच सम्झौता गरिएको छ । बैंकले नेपाल फिनटेक एक्स्पो २०२६ का अवसरमा सो कम्पनीले सहकार्य गरेको हो । व्यावसायिक संस्थानले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता गरिएको बैंकले जनाएको छ ।

सहकार्यपछि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नो बैंकिङ प्रणालीभित्रै रही रकम भुक्तानी, हिसाब मिलान र बैंकिङ कारोबार तत्कालै गर्न सक्नेछन् । त्यसैगरी, साना तथा मझौला ग्राहकले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लाटफर्ममा अझ छिटो, सुरक्षित र सहज रूपमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

छिट्टै सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउने बैंकको आश्वासन छ ।

सुझावित समाचार