कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यु सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आफ्ना छोरालाई दक्षिण कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेकी थिइन्।

उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कन्सल्टेन्सीका सञ्चालक २८ वर्षीय पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पाण्डे नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ का हुन्।

प्रहरीका अनुसार पाण्डेलाई असोज २० गते काठमाडौं महानगरपालिका– २६ स्थित रानीबारी चोकबाट नियन्त्रणमा लिइएको हो।

पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुझावित समाचार