कजारियाको डिलर नेटवर्क विस्तार

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको सुरुवातसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान खोज्ने ग्राहकहरूमाझ कजारियाका उत्पादनहरूको पहुँच थप सहज हुने भएको छ ।

ग्यालरीको औपचारिक उद्घाटन कजारियाका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ सुश्री दीपमाला ढकालको प्रमुख आतिथ्यमा भएको हो । समारोहमा कजारिया रमेश टायल्स लिमिटेड तथा प्राधान हार्डवेयर ग्यालरीका प्रतिनिधि, निर्माण तथा इन्टेरियर क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू र स्थानीय ग्राहकको उपस्थिति रहेको थियो ।

उपभोक्ताको आवश्यकता र बदलिँदो डिजाइन ट्रेन्डलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यस डिलरमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । एउटै स्थानबाट विभिन्न आधुनिक डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल्स अवलोकन गर्दै आफ्ना व्यक्तिगत रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार उपयुक्त टायल छनोट गर्न सकिने बताइएको छ । 

See More On

सुझावित समाचार