राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई शुभकामना दिएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्न मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई लामिछानेले शुभकामना दिएका हुन्।
लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपाली सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहलाई आग्रह गर्दै उनको अमेरिका भ्रमण अर्थपूर्ण र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत लामिछानेले लेखेका छन्, 'नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्। शुभेच्छासहित स–प्रेम शुभकामना।'