पद्म नर्सिङहोम प्रकरण : स्वास्थ्यसचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो

तीन सदस्यीय छानबिन समिति गठन

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

पोखरामा सञ्चालित पद्म नर्सिङ होमको शङ्ढया थपका विषयमा आर्थिक सौदाबाजीमा जोडिएका गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ ।

पोखरा महानगरपालिका–३ स्थित नदीपुरमा सञ्चालनमा रहेको ५० शङ्ढयाको पद्म नर्सिङ होमलाई एक सय शङ्ढयाका लागि अनुमति प्रदान गर्ने विषयमा भएको आर्थिक सौदाबाजीमा गण्डकीका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीयसचिव यादव पौडेल र मन्त्रालयका सचिव बसौला जोडिएको विषय सार्वजनिक भएपछि घटनाको छानबिनका लागि प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको हो ।

सोमबार जारी विज्ञप्तिमा पछिल्लो समयमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका निवर्तमान मन्त्री, निजका स्वकीयसचिव, मन्त्रालयका प्रदेश सचिवलगायतमाथि अस्पताल स्तरोन्नतिको अनुमतिलाई लिएर चर्चामा आएको अनियमितताको विषयमा गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

आर्थिक सौदाबाजी भएको विषय जानकारीमा आउनासाथ मन्त्रिपरिषद्को बैठक बसी प्रदेशसचिव बसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता बोलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा अस्पतालको अनुमति/स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था, प्रक्रियालगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । १५ दिनभित्र प्रतिवेदन पेस गर्ने म्याद दिइएको समितिले मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरिएका अनुमति तथा अस्पतालको स्तरोन्नतिको कानुनी व्यवस्था र अभ्यासलगायतका विषयमा समेत छानबिन गर्नेछ ।

सो प्रकरणमा कतिपय विषय भ्रष्टाचार वा आर्थिक पक्षसँग सम्बन्धित आरोपसमेत भएकाले थप अनुसन्धान तथा आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा पत्राचार गरिएको, अस्पताल स्तरोन्नति तथा अनुमतिसम्बन्धी विषय हाल अनुसन्धान तथा छानबिनको प्रक्रियामा रहेकाले छानबिनबाट उक्त विषयको वैधानिकता तथा प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अनुमतिको निर्णय कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने सम्बन्धमा प्रदेश स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एमाले गण्डकी प्रदेश सभा संसदीय दलको कार्यालयले १५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी आइतबार एक समिति गठन गरेको थियो । निवर्तमान स्वास्थ्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका सदस्य पाण्डे र उनका स्वकीयसचिव पौडेलका विषयमा छानबिन गर्न पार्टीले समिति बनाएको हो ।

सार्वजनिक विवरणअनुसार पोखरा– ३, नदीपुरमा रहेको पद्म नर्सिङ होम हाल ५० शङ्ढयाको क्षमतामा सञ्चालनमा छ । नर्सिङ होमको शङ्ढया थप गरी एक सय शङ्ढयाका लागि अनुमति प्रदान गर्ने विषयमा सुरुमा २० लाख हुँदै ३० लाख रुपैयाँसम्मको रकम सौदाबाजीको विषयमा कुरा गरिएको छ । जसको भिडियोसमेत सार्वजनिक भइसकेको छ । भिडियोमा सचिव बसौलाको संलग्नताको कुरासमेत गरिएको छ ।

सुझावित समाचार