आगामी पुसमा आयोजना हुने ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी डिं«क’ले गर्ने भएको छ । यस सम्बन्धमा आयोजक उद्योग संगठन मोरङ र एक्स्ट्रिम इनर्जी डिंकबिच विराटनगरमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने नवौँ संस्करणको विराट एक्स्पोमा चर्चित इनर्जी डिंक एक्स्ट्रिम जोडिएको हो । ‘एक्स्ट्रिम युवाको ऊर्जा, उद्यमीको हौसला’ भन्ने नाराका साथ एक्स्पोमा मुख्य प्रायोजकका रूपमा जोडिएको एस्क्ट्रिमले जनाएको छ ।
‘यस वर्षको विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङलगायतका विविध अवसरसँग जोडिएको छ,’ कम्पनीले उल्लेख गरेको छ, ‘यही अभियानमा एक्स्ट्रिम इनर्जी डिंकको सहभागिता केवल मुख्य प्रायोजनमा सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहनेछ ।’
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । आयोजकका अनुसार एक्स्पोमा दुई लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । यस सहकार्यले एक्स्ट्रिम इनर्जी डिंकलाई आफ्नो मूल भावनाका रूपमा रहेको ‘ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहस’लाई उद्यमशीलताको भावनासँग जोड्दै नेपाली व्यावसायिक समुदाय, युवापुस्ता र उदीयमान उद्यमीसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।