यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण तथा बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिहरूको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘बाढीमा परी ज्यान गुमाएका, तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुऱ्याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ,’ निर्णयमा भनिएको छ।

बैठकले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री, परराष्ट्र मन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपतसँग जोडिएका बहुआयामिक पक्षहरूको विषय सम्बोधन गर्ने गरी तयारी गर्न निर्देशनसमेत दिएको छ।

सुझावित समाचार