पुनर्निर्माण गर्न ‘बिल्ड ब्याक बेटर’को अवधारणा

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपत्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’को अवधारणा लागू भएको पनि बताएका छन् । इन्डिया इन्टरनेसनल सेन्टर (आइआइसी)मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेचमा उनले भोटेकोशी बाढीले पुर्याएको जनधनको क्षतिबारे चर्चा गर्दै यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको अर्थमन्त्रीले बताए । उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दालाई नेपाल भारतले सँगै मिलेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालनमा उनको जोड थियो । 

सुझावित समाचार