घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकासको सहभागिता

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौँ संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी ०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी ४ असोजसम्म चल्नेछ । 

प्रदर्शनीमा यस बैंकले घरजग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने बताइएको छ । ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले सहभागिता जनाएको हो ।

बैंकका अनुसार घरजग्गाा खरिद तथा घर निर्माण कर्जा आकर्षक ब्याजदरमा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । ग्राहकलाई यसको प्रत्यक्ष लाभ लिन बैंकले आग्रह गरेको छ । यस बैंकमार्फत कर्जा लिन चाहने ग्राहकले स्टल नं ए–२१ मा सम्पर्क गर्न सक्नेछन् । प्रदर्शनीमा बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्नेछन् ।

सुझावित समाचार