नवलपुरमा क्रेनको ठक्करबाट एकजनाको मृत्यु

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

नवलपुरको अरुणखोलामा क्रेनको ठक्करबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्कीबासबाट बेल्डियातर्फ जाँदै गरेको लु.१क ४८०४ नम्बरको क्रेनले आज बिहान मध्यविन्दु नगरपालिका– १० अरुणखोलामा हुप्सेकोट गाउँपालिका– ६  निवासी ७६ वर्षीय पृथ्वी बयम्बु मगरलाई ठक्कर दिएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते मगरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उनको उपचारको क्रममा अस्पतालमा बिहान ९: ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले क्रेन र क्रेनचालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।
 

सुझावित समाचार