सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लसमा १०५ छुट

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार गोदावरी ललितपुरस्थित उक्त रिसोर्टमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ ।

सुझावित समाचार