कोकाकोलाको ‘भरौँ खुसी’ अभियान

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण


काठमाडौं/ कोकाकोलाले ‘भरौँ खुसी’ दसैँँ अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानले दसैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ । 

अभियानमा उपभोक्ताले हवाई तथा बसको टिकट जित्ने अवसर पाउनेछन् । यसमा सहभागी हुन ग्राहकले दसैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फेन्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपछि वेबसाइटमार्फत 
रजिस्टर गर्नुपर्नेछ । 

‘अभियान सुरु भएदेखि सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन्,’ कम्पनीले भनेको छ, ‘अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दसैँ मनाउन घर जाने अवसर अझै बाँकी छ ।’ योजना २९ कात्तिसम्म जारी रहने बताइएको छ । 

सुझावित समाचार