काठमाडौं महानगरपालिका– ३२, पेप्सिकोला फुटबल ग्राउन्डनजिकै गएराति भीषण आगलागी हुँदा करिब आठवटा पसल जलेका छन्। गएराति करिब १२ बजेबाट सुरु भएको आगलागीले गर्दा कपडा पसल, रेस्टुरेन्ट, फलफूल पसल, केक पसल तथा मासु पसललगायतमा क्षति पुगेको स्थानीयले बताएका छन्। आगलागी नियन्त्रणमा लिन पुगेका दमकल तथा अग्निनियन्त्रकहरू बिहान करिब ४ बजे फर्किएका थिए। स्थानीय बासिन्दा होमनाथ भट्टराईका अनुसार आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको यकिन विवरणसमेत प्राप्त हुन बाँकी छ।









