उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई भत्ता र खाजा खर्च दिइने

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई भत्ता र खाजा खर्च दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

खोज तथा उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार एवं मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सरकारको निर्णय छ।

सुझावित समाचार