देशभर सकियो ९८ प्रतिशत रोपाइँ

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण
  • १३ लाख ७० हजार ६२ हेक्टरमध्ये १३ लाख ४१ हजार सात सय ६४ हेक्टरमा रोपाइँ सकिएको कृषि विभागको तथ्यांक

कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर ९८ प्रतिशत रोपाइँ सकिएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ भने अन्य प्रदेशमा अन्तिम चरणमा पुगेको छ । कोशीमा ९७ प्रतिशत, मधेशमा ९८.१० प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत र कर्णाालीमा ९८.५० प्रतिशत रोपाइँ सकिएको छ । किसानले विगतमा जस्तै यो वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाइँ गरेका छन् ।

विभागका अनुसार कोशीमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमध्ये दुई लाख ६८ हजार ९५ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, मधेशमा तीन लाख ८५ हजार नौ सय ३३ हेक्टरमध्ये तीन लाख ७८ हजार ६ सय हेक्टरमा रोपाइँ सकिएको छ ।

बागमतीमा एक लाख १४ हजार पाँच सय २४ हेक्टरमध्ये एक लाख १२ हजार २७ हेक्टर, गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ९० हजार चार सय ९८, लुम्बिनीमा तीन लाख एक हजार तीन सय ७२ हेक्टरमध्ये दुई लाख ९४ हजार नौ सय ५२ हेक्टर र कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टरमध्ये ४२ हजार ६ सय ४० हेक्टरमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

See More On

सुझावित समाचार