पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पिएमएनसी) नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनरमा भायानेट कम्युनिकेसन नियुक्त भएको छ । यो साझेदारीमार्फत भायानेटले नेपालको बढ्दो ई–स्पोर्टस् तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने जनाएको छ ।
पिएमएनसीको राष्ट्रिय फाइनल प्रतियोगिता ६–७ भदौमा दशरथ रंगशाला भइरहेको छ । प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरूले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भायानेटले खेलाडीको प्रतिस्पर्धाका लागि आवश्यक कनेक्सन उपलब्ध गराउनेछ । यस साझेदारीमार्फत नेपालको ई–स्पोर्टस् क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै गेमिङ समुदायसँगको सम्बन्धलाई नयाँ स्तरमा लैजाने अपेक्षा कम्पनीको छ ।
पछिल्लो समय नेपालमा गेमिङ मनोरञ्जनमा मात्र सीमित नभई प्रतिस्पर्धा, समुदाय तथा युवाका लागि करिअरको सम्भावनासमेत बन्दै गएको छ । यही परिवर्तनलाई ध्यानमा राख्दै भायानेटले ई–स्पोर्टस्लाई नेपालको नयाँ पुस्तासँग जोडिने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ ।
भायानेट कम्युनिकेसनका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष सहिन श्रेष्ठले प्रतिस्पर्धात्मक गेमिङमा हरेक क्षण महत्वपूर्ण हुने र यस्तो अवस्थामा इन्टरनेटको गुणस्तरले ठुलो फरक पार्ने बताए । ‘गेमिङ अहिले केवल मनोरञ्जनमा सीमित छैन,’ उनले भने, ‘धेरै युवाका लागि यो रुचि, प्रतिस्पर्धा, समुदाय र करिअरको सम्भावना बनेको छ । पिएमएनसी नेपालसँग जोडिन पाउँदा हामी उत्साहित छौँ । यसमार्फत गेमर तथा गेमिङ समुदायलाई भायानेट वाइफाई–६ को अनुभवसँग जोड्न चाहन्छौँ ।’
भायानेटका अनुसार वाइफाई–६ उच्च क्षमताको इन्टरनेट आवश्यक पर्ने गतिविधिका लागि तयार गरिएको प्रविधि हो । यसले चार गुणासम्म उच्च कार्यक्षमता, राम्रो पहुँच र कम विलम्बता प्रदान गर्ने कम्पनीको दाबी छ । गेमिङका साथै भिडियो हेर्ने, घरबाटै काम गर्ने तथा एउटै समयमा धेरै उपकरण प्रयोग हुने अवस्थामा पनि वाइफाई–६ ले सहज इन्टरनेट अनुभव प्रदान गर्न सहयोग गर्ने भायानेटले जनाएको छ ।