सन् १९१४ : पहिलो विश्वयुद्धअन्तर्गत जर्मनीले रुसमाथि युद्धको घोषणा । आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति विड्रो विल्सनले युरोपको प्रमुख युद्धमा तटस्थ रहने घोषणा गरे ।
सन् १८७० : ‘फ्रान्को–प्रुसियन युद्ध’अन्तर्गत प्रुसियन फौजले फ्रान्सलाई हरायो ।
सन् १९३२ : ‘ह्युमन इम्युनोडिफिसियन्सी भाइरस (एचआइभी)’ पत्ता लगाउने भाइरोलोजिस्ट लुक मोन्टाग्नियरको आजकै दिन जन्म भएको थियो ।
सन् १९६५ : ‘अप्रेसन स्टारलाइट’को नाममा अमेरिकाले भियतनाममा स्थल आक्रमण सुरु गर्यो ।
सन् १९७४ : सोभियत संघको अन्तिम प्रमुख चन्द्र खोज अभियानअन्तर्गत प्रक्षेपण गरिएको ‘लुन २४’ले चन्द्र धरातलमा अवतरण गर्यो ।
सन् १९७९ : इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह खामेनीले कुर्द समुदायविरुद्ध ‘धार्मिक युद्ध’को माग गरे ।
सन् १९९३ : स्विट्जरल्यान्डको लुजर्नस्थित ऐतिहासिक कापेलब्रग पुल जलेर नष्ट भयो । सन् १३६५ मा बनेको सो पुल यसमा कुँदिएका १४७ आकर्षक कलाकृतिका लागि परिचित थियो ।