१०औँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा आयोजना हुने

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावली पनि अनुमोदन गरेको छ।

बैठकमा मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे ।

सुझावित समाचार