दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफ्नो सेवा, सुविधाबापतको रकम विपन्न तथा जेहेनदार विद्यार्थीहरूको पढाइका लागि सहयोग गरेकी छिन्।
उपप्रमुख चन्दले नगरपालिकाभित्रका ११ विपन्न विद्यार्थीहरूलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेकी हुन्। उनले गत वर्ष पनि पाँचजना विद्यार्थीहरूलाई ६० हजार रुपैयाँका दरले सहयोग गरेकी थिइन्।
विपन्न समुदायबाट प्राविधिक विषय पढ्ने छात्रछात्राहरूलाई अझै सहयोग गर्ने उनले बताइन्। ‘राजनीति सेवाका लागि गर्नुपर्छ, म पदमा भए पनि नभए पनि सक्दो सहयोग सधैँ गरिरहेकी छु,’ उनले भनिन्।
उपमेयर चन्दले निर्वाचित भएदेखि नगरपालिकाको काम गर्दा आफ्नै निजी सवारीसाधन प्रयोग गरिरहेकी छिन्।