नबिललाई आइसिसीको ‘बेस्ट कमर्सियल बैंक’ अवार्ड

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक, नेपाल’को अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा नयाँदिल्ली, भारतमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डस्, २०२६’ मा बैंकले सो अवार्ड प्राप्त गरेको हो । बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका छन् । 

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।

यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्ड र बंगलादेशका बैंकहरू सहभागी थिए । आइसिसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । भारतका प्रमुख व्यावसायिक समूह आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ ।

सुझावित समाचार