यो वर्ष दुई हजार कर्मचारी हुँदै छन् अवकाश

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

यो वर्ष दुई हजार कर्मचारी अवकाश  हुँदै छन्। अवकाश भएर जाने कर्मचारीको विकल्पमा पनि लोकसेवाले हरेक वर्ष नयाँ विज्ञापन खोल्छ । चालू आवमा पनि करिब दुई हजार कर्मचारी अवकाशमा जाँदै छन् ।

निजामती किताबखानाले सार्वजनिक गरेको ०८३/८४ मा अवकाश हुने कर्मचारीको अनुमानित विवरणअनुसार विभिन्न श्रेणी तथा तहका एक हजार ९८५ कर्मचारीको अनिवार्य अवकाश हुँदै छ ।

तीमध्ये सचिव (विशिष्ट श्रेणी) का २०, सहसचिव (प्रथम श्रेणी) ८७, उपसचिव २०६ र शाखा अधिकृत वा सोसरहका ३२० कर्मचारी अवकाश हुँदै छन् । त्यस्तै, सहायकस्तरका ७७३ र श्रेणीविहीन ५७९ कर्मचारी अनिवार्य अवकाश हुनेछन् । अवकाश भएका कर्मचारीको हकमा पनि सकेसम्म नयाँ नियुक्ति नगर्ने मनस्थितिमा सरकार छ ।

सचिव बढुवा नगर्नु यसको एउटा संकेत हो । हाल सचिवको दरबन्दी ७१ जना छ । तर, हाल ५७ सचिव मात्र कार्यरत छन् । ठुलो संख्यामा सचिव दरबन्दी खाली हुँदा पनि सरकारले त्यहाँ नयाँ बढुवा गरेको छैन ।

सुझावित समाचार