प्रदेशमा तीनदलीय सरकार बनाउने प्रस्तावमा गगनको असहमति

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीनदलीय सरकार नबनाउने प्रस्ट पारेका छन्। आइतबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा सभापति थापाले तीन दल मिलेर सरकार बनाए त्यो जनताको म्यान्डेटभन्दा फरक हुने बताए ।

‘अहिले प्रस्ताव के आइरहेको छ भने तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हुँदैन। त्यो नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ । तीनवटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु हो,’ थापाले भने।

पछिल्लो १० वर्षमा पुराना दलले गम्भीर गल्तीहरू गरेको उल्लेख गर्दै उनले अब कांग्रेसले विचार र सिद्धान्तका सवालमा सम्झौता नगर्ने प्रस्ट पारे।

‘यो १० वर्षमा हामीलाई कस्तो लाग्यो भने सत्ता नै सबै कुरा हो। शक्ति नै सबै कुरा हो, योभन्दा अर्को कुरा केही छैन। त्यसबाट बाहिर निस्कनुपर्छ,’ उनले भने।

सुझावित समाचार