कुमारी बैंक र मिनर्जीबिच रणनीतिक साझेदारी

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसिएटिभ्ससँग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जीका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकका लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदायअनुरुरूप क्षमता अभिवृद्धि गर्दै सहकार्य गर्ने बताइएको छ । 

‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबिचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने पारिस्थितिक प्रणाली आवश्यक छ,’ बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महŒवपूर्ण योगदान पुर्याउनेछ ।’ यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महŒवपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ । बैंकले यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने बताएको छ ।

सुझावित समाचार