१८औँपटक विश्वकपको रिपोर्टिङ गर्दै अर्जेन्टिनी पत्रकार

९१ वर्षीय मकाया सन् १९५८ देखि २०२६ सम्म निरन्तर रूपमा विश्वकपको रिपोर्टिङमा व्यस्त

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

मकाया सबैलाई थाहा भएकै नाम हो । जसको कथा फरक छ । सात दशकको अवधिमा ९१ वर्षीय अर्जेन्टिनी पत्रकार मकायाले १८औँपटक विश्वकपको समाचार संकलन गरिरहेका छन् । पत्रकारका लागि उनको यो जोस अभूतपूर्व छ । सन् १९५८ देखि उनले विश्वकपको रिपोर्टिङ निरन्तर रूपमा गर्दै आएका छन् । मकायाले खेलकुद रिपोर्टिङ सुरु गर्दा ब्राजिलका सर्वकालीन महान् खेलाडी पेले केवल १७ वर्षका थिए । मकाया भने २४ वर्षका थिए । अर्जेन्टिनाले उनलाई रिपोर्टिङ गर्न स्विडेन पठाइएको थियो । 

मकायाको पहिलो जिम्मेवारी थियो– अस्ट्रियाविरुद्ध ब्राजिलका पेलेको प्रदर्शनको तथ्यांकसहित रिपोर्ट तयार पार्ने । उनको विश्वकपको पहिलो रिपोर्टिङ खराब रह्यो । अर्जेन्टिना चेकोस्लोभाकियासँग ६–१ ले पराजित भयो । चेकोस्लोभाकियाविरुद्ध उनीहरूलाई कुनै जानकारी नै थिएन । उसले अर्जेन्टिनालाई स्तब्ध बनायो ।

पेलेदेखि मेसीसम्मका रिपोर्टिङ
सात दशक फुटबलका रिपोर्टिङ गरेका मकायाले फुटबलमा निकै परिवर्तन भएको पाएका छन् । उनले पेलेदेखि अर्जेन्टिनी डिएगो म्यारोडोनासँगै लियोनल मेसीसम्मका खेलाडीबारे समाचार संकलन गरेका छन् । उनका अनुसार अहिले टेलिभिजन डिजिटलमा परिवर्तन भएको छ ।

पेले र म्याराडोना उत्कृष्ट
विश्व फुटबलमा उत्कृष्ट खेलाडीको प्रश्न गर्दा मकाया कहिले अलमल गर्दैनन् । उनको विचारमा पेले र म्याराडोना नै सर्वकालीन फुटबलर हुन् । ‘सन् १९७० मा पेले र सन् १९८६ मा म्याराडोना उत्कृष्ट थिए । त्यो समय र अहिलेको खेल अनि खेल्ने खेल नै निकै फरक छ,’ उनले भने । विश्वकपको रिपोर्टिङ करिअरमा सन् १९८६ को संस्करण सबैभन्दा उत्कृष्टका रूपमा उनले लिने गरेका छन् । 

See More On

सुझावित समाचार