उखु किसानको बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ परेका छन्।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ का शैलेन्द्र गुप्ता र सर्लाहको हरिपुर नगरपालिका–१ घर भई पश्चिम नवलपरासी बस्ने विनोद साह कलवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि उनीहरू फरार थिए।
उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट)सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।