नेकपाका पोलिटब्युरो सदस्यसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्। बिहीबार पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन्।
पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी)लगायत छन्।