सन् १४९७ : पोर्चुगिज नाबिक भास्को डी गामाको नेतृत्वमा एक खोज समूह युरोपबाट सीधा भारत जाने समुद्री मार्गको खोजमा निस्कियो । सोही समूह दुई वर्षपछि भारत जाने मार्ग पहिल्याउन सफल भएको थियो ।
सन् १६०८ : स्यामुयल डे च्याम्पलेनले क्यानडाको क्युबेकमा पहिलो फ्रान्सेली बस्ती बसाए ।
सन् १७०९ : रुसले स्वडेनलाई हराएसँगै पूर्वी युरोपमा रुसी सर्वोच्चता सुरु भयो ।
सन् १७९६ : अमेरिकाको विदेश मन्त्रालयले पहिलोपटक देशको पहिलो पासपोर्ट जारी गयो ।
सन् १८१५ : ‘वाटरलु युद्ध’मा नेपोलियनको निर्णायक हारपछि लुई अठारौँ (जो नाताले लुई सोह्रौँका भाइ हुन्) बरबोन वंशका राजाको रूपमा शासन सम्हाल्न पेरिस फर्किए ।
सन् १८२२ : चर्चित अंग्रेजी स्वच्छन्दतावादी कवि पिबी सेली आफू सवार डुंगा पल्टिँदा डुबेर बिते ।
सन् १८५३ : अमेरिकी नौसेनाका कोमोडोर म्याथ्यु पेरी केही जहाज लिएर टोकियो बन्दरगाहमा ओर्लिएसँगै दशकौँदेखि बन्द रहेको जापान पश्चिमका लागि खुल्यो ।
सन् १८८९ : चर्चित अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ पहिलोपटक प्रकाशित भयो ।
सन् २०१७ : युनेस्कोले इरिट्रियाको राजधानी अस्मारालाई विश्व सम्पदा क्षेत्र घोषित गर्यो ।