महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँचजना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरी, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह तथा स्व. सीताराम प्रसाईंको स्मृतिमा स्थापित छात्रवृत्ति विद्यार्थीलाई प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतिविद्यार्थी ५० हजार रुपैयाँबराबरको रकम छात्रवृत्ति प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
छात्रवृत्ति प्राप्त गर्नेमा नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौंमा अध्ययनरत छात्र विपिन बुढा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर वीरगन्ज, पर्सामा अध्ययनरत छात्रा अनिशा शाह, शारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा अध्ययनरत छात्रा गुञ्जन सुनार छन् ।
त्यसैगरी, अमर माध्यमिक विद्यालय, हेटौँडा, मकवानपुरकी छात्रा सुमिना लामिछाने, श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर १४, झापाकी छात्रा मुस्कान खातुनले पनि उक्त छात्रवृत्ति पाएका छन् । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।