विश्वकपबाट बाहिरिएपछि ब्राजिलियन टोलीबाट सन्न्यास लिए नेमारले

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

ब्राजिलियन सिनियर स्ट्राइकर नेमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । चालू विश्वकपअन्तर्गत सोमबार बिहान नर्वेसँग प्रिक्वार्टरफाइनलमा २–१ ले पराजित भएसँगै नेमारले राष्ट्रिय टोलीबाट करिअर समाप्त भएको घोषणा गरेका हुन् । ‘मैले धेरै प्रयास गरेँ, तर अब समाप्त भयो,’ भावुक हुँदै टिभी ग्लोबोसँगको अन्तर्वार्तामा उनले भने, ‘सम्भवतः यो नै मेरो राष्ट्रिय टोलीबाट अन्तिम यात्रा थियो ।’ अमेरिकाको न्यु जर्सी रंगशालामा नेमारले ब्राजिलका खेलको अन्तिम इन्जुरीमा २–१ का लागि पेनाल्टी गोल फर्काए पनि पर्याप्त भएन ।

प्रशिक्षक कार्लो एन्सेलोटीले चोट निको नभएको अवस्था नेमारलाई विश्वकप खेल्ने अन्तिम २६ मा समावेश गर्दा ठुलै आलोचना खेप्नुपरेको थियो । एन्सेलोटीले विश्वकपजस्तो प्रतियोगितामा अनुभवी खेलाडीको आवश्यकता रहँदै उनलाई छनोट गराएका हुन् । यद्यपि, नेमारले पूरै खेल खेलेनन् । उनले मौका पाएका खेलमा ६७ देखि ७५औँ मिनेटभित्र मैदानमा प्रवेश गरेका देखिन्थे । युरोपियन राष्ट्र नर्वेसँगको प्रतिस्पर्धा पनि उनी खेल सकिनु अन्तिम १५ मिनेट अगाडि मात्र छिरेका थिए ।

डेब्यु गरेको रंगशालामै सन्न्यासको घोषणा
नेमार र न्युजर्सी रंगशालाबिच सम्बन्ध गहिरो छ । सन् २०१० मा उनले ब्राजिलबाट अमेरिकाविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दा यही रंगशालाबाट गरेका थिए । संयोगवश १६ वर्षपछि ब्राजिलियन टोलीबाट उनले सन्न्यास पनि न्य्जुर्सीकै रंगशालामै गरे । ‘ब्राजिलयन टोलीमा मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो । आज यहीँ आएर अन्त्य भयो,’ नेमारले भने, ‘हामीहरूको प्रयास ब्राजिललाई थप एक स्टार थप्ने थियो । तर, अब सबै सकियो ।’ सन् २०१० मा ब्राजिलले अमेरिकालाई २–० ले हराउँदा नेमारले पनि गोल गरेका थिए । 

उनले चारवटा फिफा विश्वकप खेलेका छन् । सन् २०१४ मा घरमै आयोजना भएको विश्वकपमा उनले टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । 

सर्वाधिक गोलस्कोरर
राष्ट्रिय टोलीबाट नेमारले १३० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले डेब्यु र अन्तिम खेलमा गोल गरी बिदा लिए । ब्राजिलको फुटबल इतिहासमा राष्ट्रिय टोलीबाट धेरै गोल गर्ने उनी नै हुन् । उनले ८० गोल गरेका छन् । यसैगरी राष्ट्रिय टोलीबाट उनले दोस्रो सर्वाधिक धेरै खेल खेले । ब्राजिलका लागि काफुले १४२ अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । उनको रेकर्ड तोड्न नेमार १३ खेलले पछि परे । सन् २०२३ पछि उनले ब्राजिलियन टोलीमा स्थान बनाएका हुन् ।

स्कटल्यान्डसँगको खेलमा उनले दोस्रो हाफमा अवसर पाएका थिए । उनले लगातार २०१८ र २०२२ को विश्वकपमा सहभागिता जनाए । न्युजर्सी{मा खेल समाप्तिसँगै नेमार निकै भावुक बनेका थिए । उनी मैदानमै केहीबेर रोएका थिए । विश्वकपमा लास्ट डान्स बनाएका नेमारले २३औँ संस्करणमा स्कटल्यान्डविरुद्ध समूह खेलमा १५ मिनेट खेलेका थिए । प्रिक्वार्टरफाइनलमा नर्वेविरुद्ध उनले २३ मिनेट मैदानमा बिताएका थिए । जापानविरुद्धको राउन्ड अफ ३२ मा उनी बेन्चमै सीमित भएका थिए ।

नेमारले अरिअरमा राष्ट्रिय टोलीका लागि ५८ असिस्ट गरेका थिए । उनले ब्राजिलको सिनियर टोलीबाट सन् २०१३ को कन्फेडेरेसन्स कपबाहेक अर्को ठूलो उपाधि जित्न सकेनन् । उनकै कप्तानीमा ब्राजिलले सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए । 

See More On

सुझावित समाचार