आइएमई लाइफलाई ब्रोन्ज अवार्ड

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो उत्कृष्ट वित्तीय प्रतिवेदन र पारदर्शिताका लागि प्रतिष्ठित सम्मान पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कम्पनीले ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरेको हो । मंगलबार आयोजित एक समारोहबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले सो अवार्ड संयुक्त रूपमा ग्रहण गरे ।

यो अवार्ड कम्पनीले आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनमा देखाएको उत्कृष्ट प्रस्तुति र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका लागि दिइएको हो । आइक्यानले प्रतिवेदनको मूल्यांकन गर्दा वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू (एनएफआरएस) तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालनालाई मुख्य आधार बनाएको थियो । 

See More On

सुझावित समाचार