सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा दाहालले सांसदले उठाएका जिज्ञासाको सम्बोधन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

बुधबारको बैठकको शून्य समयपछि अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।’

बैठकमा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिन मन्त्रीहरू उपस्थित थिए ।

सुझावित समाचार