अमेरिका–इरान वार्ताको संकेतले कच्चा तेलको मूल्य घट्यो

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

अमेरिका र इरानबिच सम्भावित वार्ता हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

प्रमुख अन्तर्राष्ट्रिय सूचक ब्रेन्ट कच्चा तेलको अगस्ट डेलिभरीको मूल्य ग्रिनविच समयअनुसार बिहान ३ः५६ बजेसम्म ०.९ प्रतिशत अर्थात् ६४ सेन्टले घटेर प्रतिब्यारेल ७२.५१ अमेरिकी डलरमा पुगेको छ।

हालको मूल्य अघिल्लो महिनाको अन्तिम कारोबार मूल्यको तुलनामा करिब २० अमेरिकी डलर अर्थात् २२ प्रतिशतले कम रहेको अन्तर्राष्ट्रिय बजार तथ्यांकले देखाएको छ।

लगानीकर्ताहरूले कतारको राजधानी दोहामा अमेरिका र इरानबिच सम्भावित वार्ताको प्रगतिलाई नजिकबाट नियालिरहेका छन्। वार्ताबाट मध्यपूर्वमा तनाव कम हुने र तेल आपूर्तिमा सुधार आउने अपेक्षाले अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यमाथि दबाब परेको विश्लेषण गरिएको छ।

सुझावित समाचार